सेन्ट्रल फाइनान्सले कमायो तीन करोड ३५ लाख
काठमाडौँ । सेन्ट्रल फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ५० लाख तीन हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा चार करोड ३९ लाख ४२ जार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८८ करोड १० लाख ३५ हजार सात सय नौ रुपैयाँ रहेको संंस्थाले चालू आवको दोस्रो त्रैमासमा पाँच अर्ब ७६ करोड एक लाख ९३ हजार नौ सय २० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८३ करोड आठ लाख १२ हजार नौ सय २६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड १४ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ६१ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरयोग्य नाफा भने १२ करोड ७९ लाख ४२ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले पाँच अर्ब २७ करोड ३३ लाख ४६ हजार दुई सय ३९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब १३ करोड १८ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड पाँच लाख आठ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया