गुह्येश्वरी मर्चेन्ट फाइनान्सको नाफा दुई करोड ८६ लाख ७० हजार
काठमाडौं । गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ८६ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा तीन करोड ४७ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक अवधिमा छ अर्ब ३८ करोड २५ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २८ करोड ७१ लाख लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ९० लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय छ । वितरणयोग्य नाफा ११ करोड ३७ लाख ६० हजार रुपैयाँ रहेको फाइनान्सको स्प्रेड दर भने चार दशमलव नौ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ४९ करोड ६५ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५२ करोड २३ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड २४ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय थियो भने स्प्रेड दर चार दशमलव ९८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया