स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच सम्झौता
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र राष्ट्रियस्तरको ‘ख’ वर्गको इजाजतपत्रप्राप्त कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता भएको छ ।
सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् । नेपाल राष्ट्र बैंकको नीति र निर्देशनअनुरूप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समयदेखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ सेवा सुविधा पु-याउँदै आएको मुलुकको बैंकिङ क्षेत्रको अग्रणी कामना सेवा विकास बैंकको यो सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।
सम्झौतापश्चात् स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना सेवाबीच एससीटी यूपीटी, डेबिट कार्ड, स्मार्ट क्यूआर, एससीटी एन–पेजस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ । साथै, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पीओएस, ई–कमर्सजस्ता सेवा सजिलै लिनसक्ने सुविधा प्राप्त हुनेछ ।
बैंकले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धिदरका साथ करिब एक अर्ब खुद सञ्चालन आम्दानी गरेको छ । यो त्रैमासिक सम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैरसञ्चालन आम्दानी भए पनि करपछिको नाफा (पीएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ । बैंकको निक्षेप ४८ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने कर्जा ४४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १० दशमलव ६९ प्रतिशत र १० दशमलव ९८ प्रतिशतले बढेको हो ।
बैंकको पुँजी पर्याप्तता अनुपात १२ दशमलव ३२ प्रतिशत कायम गरेको छ भने प्रतिशत सेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा रहेको छ । बैंकको हालको चुक्ता पुँजी तीन अर्ब १४ करोड र जगेडा कोषमा ९ दशमलव ६७ करोड रहेको छ । साथै निष्क्रिय कर्जा अघिल्लो त्रैमासिकमा एक दशमलव ७९ प्रतिशत रहेकोमा यस त्रैमासिकसम्ममा एक दशमलव ७७ प्रतिशतमा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५ दशमलव ७४, प्रतिशत सेयर नेटवर्थ १३३ दशमलव ०२ र आधार दर नौ दशमलव दुई प्रतिशत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया