प्रधानमन्त्री ओली एसियाली ‘राष्ट्रनिर्माता’ अवार्डबाट सम्मानित
काठमाडौं, माघ २६
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माताको अवार्डबाट सम्मानित गरिएको छ । एसियाली व्यवस्थापन संस्थाहरुको संगठन (आमो)ले शुक्रबार राजधानीमा आयोजित एसियाली नेतृत्व सम्मान साँझ २०२० आयोजना गरी सो सम्मान प्रदान गरेको हो ।
संस्थाका सभापति राजिव कौलले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई सो सम्मान प्रदान गरेका हुन् । सो अवसरमा आमोले एसिया क्षेत्रका उत्कृष्ट व्यवसायीक नेतृत्वलाई पनि सम्मानित गरेको छ । आमोले उत्कृष्ट व्यवसायी नेतृत्वको सम्मान भारतका आदित्य विरला व्यवस्थापन कर्पोरेशन प्रा.लि.का समूहको कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन संघका पूर्व सभापति डी शिवकुमारलाई प्रदान गरेको छ । त्यस्तै श्रीलंकाका हाट राष्ट्रिय बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जोनाथन आयल्सलाई पनि कुशल व्यवसायी नेतृत्वको सम्मान दिइएको छ ।
त्यस्तै नेपालका आईएमई ग्रुपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि कुशल व्यावसायिक नेतृत्वको सम्मान दिइएको छ । राजधानीको होटल याक एण्ड यतिमा भएको अवार्ड कार्यक्रममा व्यावसायिक नेताहरुलाई प्रधानमन्त्री केपी ओलीले सम्मानित गरेका थिए । सम्मान वितरण समारोहलाई एसियाली दूरद्रष्टा तथा राष्ट्र निर्माता नेताको सम्मानबाट सम्मानित भएका प्रधानमन्त्री के.पी. शर्मा ओली, व्यावसायिक नेताको सम्मानित भएका नेपालका व्यवसायी चन्द्रप्रसाद ढकाल र भारतका डी शिवकुमारले पनि सम्बोधन गरेका थिए ।
आमो एसियाका राष्ट्रिय व्यवस्थापन संस्थाहरुको छाता संगठनको रुपमा रहेको छ । सन १९६० मा अष्ट्रेलियाको मेलबर्नमा भएको बैठकबाट यो क्षेत्रीय संस्था स्थापना गर्ने विचारको जन्म भएको थियो । सुरुमा व्यवस्थापन शिक्षाको विकास र विस्तारमा समर्पित हुने लक्ष्य राखेको यस संस्थाले समयक्रममा व्यवस्थापन शिक्षाको अलवा क्षेत्रीय बजार विकास र विस्तारमा पनि यसले ध्यान दिन थालेको छ ।
अहिले व्यवस्थापन संस्थाको विकास र व्यवस्थापकहरुको क्षमता अभिवृद्धिमा पनि केन्द्रित रहेको यस संस्थामा अष्ट्रेलिया, न्यूजिल्याण्ड, फिलिपिन्स, कोरिया, मकाउ, मलेसिया, हंगकंग, श्रीलंका, भारत, नेपाल र पाकिस्तानका व्यवस्थापन संघहरु सदस्य रहेका छन् । नेपालका व्यवस्थापकहरुको छाता संंगठनको रुपमा रहेको नेपाल व्यवस्थापन संघ यो संस्थाको सक्रिय सदस्य रहेको छ । नेपाल व्यवस्थापन संघको ३९औं राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभाको अवसर पारेर आमोले यो अवार्ड साँझको आयोजना गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया