नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३५औँ वर्षमा प्रवेश
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी ३५औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३५औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ ।
जसअनुसार कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरूको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा वृद्धाश्रमहरूमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ । यसैगरी कर्मचारीहरूमाझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ का कारण औपचारिकरूपमा जमघट हुनेगरी कुनै पनि कार्यक्रम गरिएन ।
नेपालको अग्रणी जीवन बीमा कम्पनीको रूपमा स्थापित कम्पनीले विगतका वर्षसरह चालू वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको छ । यही आर्थिक वर्षको मुनाफाबाट कम्पनीले सेयरधनीहरूलाई १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लगेको छ । कम्पनीको जीवन बीमा कोषमा ५० अर्बको हाराहरीमा रकम जम्मा भएको छ । कम्पनीको चुक्ता पुँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब तीन करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ । कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म दिएको जानकारी दिएको छ । कम्पनीले चालू वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रिया समेत अघि बढाएको छ ।
कम्पनीको ३५औँ वार्षिकोत्सवको अवसरमा कम्पनीप्रति विश्वासका साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, अभिकर्ताहरू एवं शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै नियामक निकायलगायत अन्य सम्बन्धित संस्थाहरूबाट प्राप्त मार्गदर्शन र सहयोगको लागि कृतज्ञता व्यक्त गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया