Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २३ सय ५० बिन्दुमा

सेयर बजार परिसुचक २३ सय ५० बिन्दुमा


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ५६ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने १८ दशमलव ६४ अंकले ओरालो लागेर २३ सय ५० दशमलव ४२ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव सात अंकले ओरालो लागेर चार सय ५३ दशमलव ९६ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुह अन्र्तगत दुई सय २८ वटा कम्पनीहरुको सेयर किनबेच भएको छ ।

जसबाट ४० हजार २३ पटकको कारोबारमा ५२ लाख २७ हजार तीन सय ५९ कित्ता सेियर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीको आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार दुई सय ७३ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सेन्ज लिमिचभटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया