इन्फिनिटी लघुवित्तको नौ महिनाको खुद मुनाफा ११ करोड ८३ लाख
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले पछिल्लो नौ महिना अर्थात चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड ८३ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १० करोड ४७ लाख २७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब ३६ करोड ६६ लाख ५७ हजार रुपैैंयाँ निक्षेप संकलन गरी चार अर्ब ७१ करोड ५२ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २५ करोड ४९ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ५९ लाख ७० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ६९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ८६ करोड १८ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २८ करोड तीन लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड २८ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८४ लाख ४९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव शुन्य दुई प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी
- संस्थान ध्वस्त, झा मस्त
- प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
- दुग्ध विकास संस्थानमा १५ करोड सहुलियत कर्जाको दुरुपयोग
- स्टिलजन्य सामग्रीमा मूल्यवृद्धि
- निजी क्षेत्र परिचालन र आगामी बजेट
- पर्यटक : एक करोड पुग्न १६ वर्ष लाग्यो
- अनुत्पादक क्षेत्रका लागि ऋण नलिग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया