काठमाडौं । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाललगायत चार हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाइ अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि सहकार्य गरेका छन् । यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन् । वार्षिक ११ सय आरोही आउने आठ हजार मिटरभन्दा बढी उचाइका यी ४ हिमालमा आरोही सँग–सँगै ठूलो मात्रामा फोहोर पनि भित्रिन्छन् जसले गर्दा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको छ ।
यही समस्या समाधान गर्नका लागि गत अप्रिल ५ बाट हिमाल सरसफाई अभियान सुरु गरिएको थियो जसमा अहिलेसम्म चारवटा हिम–शृंखलाहरुबाट २९ हजार नौ सय ९८ किलो (५,२०४ किलो कुहिने र २४ हजार सात सय ९४ किलो नकुहिने) फोहोर संकलन भइसकेको छ । यी फोहोरहरुमा रित्तो अक्सिजन क्यानिस्टरहरु, पाल, खानेकुराका कन्टेनरहरु, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु आदि रहेका छन् ।
अभियानलाई तीव्रता दिँदै ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य सहित हिमाल सरसफाई भइरहेको छ । अभियानबारे बोल्दै क्याम्पेन डिरेक्टरले भने, ‘अत्यधिक प्रतिकूल मौसम, चोट–पटकको सम्भावना र उच्च जोखिम भएकोले गर्दा हिमालको यात्रा चुनौतीपूर्ण हुन्छ । हाम्रो एक्स्पेडिसन टिमका सदस्यहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै हामीले अहिले सम्मको यात्रा तय गरेका छौँ । र यसैलाई निरनतरता दिँदै हामी यो अभियानलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न सक्दो प्रयास गर्नेछौँ ।’
नेपाली सेना र विभिन्न सरोकारवालाहरुको अगुवाइमा सञ्चालित यस हिमाल सरसफाइ अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियानमध्येको एक हो र यो अभियानको तेस्रो संस्करण हो जसमा कोका–कोला फाउन्डेसन लगातार तीन वर्षदेखि प्रमुख साझेदार रहेको छ ।
हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्यसहित चारवटा हिम–शृंखलाहरुको सरसफाइ गरी यो अभियान सञ्चालन गरिएको हो । यस वर्षको अभियानको नारा ‘हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो दायित्व’ रहेको छ । स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित साझेदारहरूसँगको समन्वयमा यो अभियान अघि बढिरहेको छ । यस अभियानबाट संकलन गरिएका फोहोरलाई रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ । यो अभियान विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ मा समापन गरिनेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया