उद्योग वाणिज्य महासंघ प्रदेश १ द्वारा बजेटको स्वागत
काठमाडौं । उद्योग वाणिज्य माहासंघ प्रदेश १ ले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटको स्वागत गरेको छ । महासंले आन्तरिक उत्पादन वृद्धि तथा औद्योगीकरणका लागि गुणस्तर पूर्वाधार निर्माण लगानी प्रवद्र्धन, व्यावसायिक वातावरण निर्माण एवं सहजीकरण गर्ने नीतिगत कानुनी प्रणाली सुधार गर्ने कुरा स्वागतयोग्य रहेको बताएको छ ।
उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज गर्ने र बन्द रहेका उद्योगहरु पुनः सञ्चालनमा ल्याउने कार्यक्रम, विदेशमा आर्जन गरेको आय सीपलाई देशभित्र उपयोग गर्न प्रोत्साहन गर्ने र आम्दानीलाई औपचारिक माध्यमबाट भित्र्याउन थप प्रोत्साहन दिनेजस्ता बजेटमा भएका व्यवस्था सकारात्मक भएको महासंघको भनाइ छ । अर्थतन्त्र निर्माणमा उद्योग क्षेत्रको नेतृत्वयायी भूमिका स्थापना गर्ने उद्योगमैत्री वातावरण निर्माण, व्यवसाय गर्ने पूूर्वाधारमा सरकारी लगानी बनाई निजी क्षेत्रलाई उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न प्रोत्साहन गर्न नयाँ बजेटले राम्रो व्यवस्था गरेको महासंघले जनाएको छ । गुणस्तरीय प्राङ्गारिक मलमा पनि रासायनिक मलमा दिएकै अनुपातमा अनुदान दिने, जग्गा प्लटिङ प्रक्रियालाई सजह बनाउन र तोकिएका उद्योगहरुका लागि हदबन्दीको सीमा पुनरावलोकन गर्ने, पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई चार लेनको सडकलाई एसियन हाइवेको स्तरमा बनाउने, विराटनगरमा सुख्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चालन गरिने, सिमेन्ट, स्टिल, जुत्ता चप्पल निर्यातमा आठ प्रतिशत अनुदान दिने व्यवस्थाको महासंघले स्वागत गरेको छ ।
यसैगरी उद्योगलाई चाहिने जग्गाको हदबन्दीभन्दा बढी जग्गा पनि बैंकमा धितो राख्न सकिने, उद्योग स्थापना गरी सञ्चालन गर्न ५० वर्षको लागि जग्गा लिजमा दिने, निजी क्षेत्रले निर्माण गरेको एक सय युनिटभन्दा माथिका अपार्टमेन्ट २० प्रतिशत विदेशीलाई बिक्री गर्न पाइने व्यवस्था सकारात्मक रहको महासंघले उल्लेख गरेको छ । करको दायरा बढाउन अनिवार्य पान नं. लिने व्यवस्था, ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने, किसानलाई परिचयपत्रका आधारमा मात्र अनुदान दिने, आयकरमा व्यक्तिलाई पाँच लाख र दम्पतीलाई छ लाखसम्म कर छुट दिनेजस्ता बजेट व्यवस्थाले यस पटक बजेट उद्योगमैत्री भन्न सकिने उद्योग वाणिज्य महासंघ प्रदेश १ को ठहर छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया