कोरोनाविरुद्ध चिनियाँ प्रयास सफल बन्दै गर्दा विश्व सेयरबजार उत्साहित
लन्डन, फागुन ६
कोरोनाभाइरस फैलिएसँगै निराश बनेका लगानीकर्तालाई मद्दत गर्न र आर्थिक स्थायित्व कायम गर्न चीनले चालेको प्रयाससँगै विश्व सेयरबजार सोमबार सकारात्मक देखिएको छ । एजेन्सीहरुका अनुसार पान युरोपियन स्टोक्स ६०० र जर्मनीको डीएएक्स उच्च कीर्तिमान कायम गरेका थिए । त्यस्तै ४७ देशको सेयरबजार ट्रयाक गर्ने द एमएससीआई अल कन्ट्री वल्र्ड इन्डेक्स शून्य दशमलव ०१ प्रतिशतले बढेको थियो ।
यता एसियामा एमएससीआईको इन्डेक्स अफ एसिया प्यासिफिक सेयर पनि शून्य दशमलव १४ प्रतिशतले बढेको बताइएको छ । चीनको केन्द्रीय बैंकले ब्याजदर कटौती गरेपनि ब्लुचिप इन्डेक्स पनि २.२५ प्रतिशतले चढेको छ । तर जापानको निक्की शून्य दशमलव ७ प्रतिशतले घटेको छ । कोरोना भाइरसको असर जापानी सेयरबजारमा देखिएको हो । त्यस्तै व्यापारमा आश्रित सिंगापुरको चालू वर्षको आर्थिक वृद्धिदर अनुमान कटौती गरिएको छ । सोमबार दक्षिण कोरियाको कोस्पी स्थिर रहे पनि अस्ट्रेलियन, सिंगापुर र मलेसियाली सेयर सूचकहरु कमजोर बनेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सफल साक्षरताका आधार र सात ‘स’
- प्रकोप नमानिएको ‘डढेलो प्रकोप’
- आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेमा केन्द्रित
- ‘स्वास्थ्य सेवा सुनिश्चितताका लागि स्वास्थ्य बीमा अपरिहार्य’
- ‘सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु’
- मोरङ उद्योग व्यापार संघको निर्वाचन हुँदै
- समसामयिक राजनीतिक व्यङ्ग्य
- बैंकिङ प्रणालीमा २४ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया