विश्व बैंकद्वारा अफगानिस्तानका करोडौँ डलरका परियोजना स्वीकृत
अफगानिस्तान । आफ्ना नागरिकलाई अत्यावश्यक खाद्यान्न, जीविकोपार्जन र स्वास्थ्य सेवा पु-याउन तथा विशेष गरी महिलाविरुद्ध तालिवानको बढ्दो अत्याचारलाई रोक्न विश्व बैंक र अफगानिस्तान पुनर्निर्माण कोष (एआरटीएफल) को व्यवस्थापन समितिले ७९ करोड ३० लाख अमेरिकी डलरका तीनवटा परियोजना स्वीकृत गरेको छ ।
युद्धग्रस्त देशका ती परियोजना आर्थिक कठिनाइमा परेकाहरूलाई मद्दत गर्ने लक्ष्यका साथ स्वीकृत गरिएका हुन् । महिला र किशोरीहरूलाई परियोजनाले विशेष महत्व दिएको छ । तीनवटै परियोजना संयुक्त राष्ट्रसङ्घीय निकाय र तालिबान नेतृत्वको सरकारको नियन्त्रण बाहिरका गैर–सरकारी संस्थाहरूले सञ्चालन गर्नेछन् ।
विश्व बैंकका अनुसार अफगानिस्तान आपतकालीन खाद्य सुरक्षा परियोजनाले किसानहरूलाई खाद्यान्न उत्पादन गर्न र खाद्य सुरक्षा थप बिग्रन नदिन मद्दत गर्नेछ भने मानवीय पहल गहुँ उत्पादनमा केन्द्रित हुनेछ । परियोजनाले बालबालिका, अपांगता भएका व्यक्ति वा दीर्घरोग भएका तथा महिलाको नेतृत्वमा रहेका घरपरिवारलाई बीउ र आधारभूत औजार उपलव्ध गराउनका साथै पोषणसम्बन्धी प्राविधिक तालिम दिनेछ ।
सामुदायिक जीवनयापन परियोजनाले बाम्यान, हेरात, जलालाबाद, काबुल, कान्दाहार, खोस्ट, कुन्दुज र बल्खमा जीविकोपार्जनका अवसरका साथै ग्रामीण र शहरी क्षेत्रमा आवश्यक सेवाहरू उपलब्ध गराउनेछ । ग्रामीण क्षेत्रका दश लाख घरपरिवारलाई आर्थिक र जीविकोपार्जनका अवसर प्रदान गर्ने लक्ष्य परियोजनाको लक्ष्य छ ।
त्यसैगरी स्वास्थ्यसम्बन्धी अर्को परियोजनाले देशभरका दुई हजार ३०० भन्दा बढी स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य, पोषण र कोभिड–१९ सेवा प्रदान गर्नेछ । परियोजना देशका प्रमुख स्वास्थ्य सेवाहरूको उपयोग र गुणस्तर सुधारमा केन्द्रित हुनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया