Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहुन्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ

हुन्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ


काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हुण्डीको कारोबार गरेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको छ । उक्त कार्यालयका अनुसार बारा पचरौता नगरपालिका–७ घर भई काठमाडौंको टंकेश्वर कालीमाटी बस्दै आएका ५४ वर्षीय जयकमल साह कलवारलाई पक्राउ गरिएको हो । गोप्य सूचनाको आधारमा कार्यालयबाट खटिएको विशेष टोलीले यही जेठ २१ गते कलवारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कलवारको साथबाट नेपाली रुपैयाँ १७ लाख ६६ हजार तीन सय र भारतीय रुपैयाँ १२ लाख आठ हजार सात सय भारतीय रुपैयाँ समेत कुल ३७ लाख दुई सय २० रुपैयाँ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका कलवारलाई थप अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया