झण्डै एक करोड रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । झण्डै एक करोड रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार मंगलबार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु कविता सुव्बा र लिना श्रेष्ठ गिरीलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
धरान उपमहानगरपालिका वडा नं. १७ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३१ बानेश्वर बस्दै आएकी ४२ वर्षीय सुब्बाउपर १५ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना ठहर भएको प्रहरी उपरीक्षक महतोले जानकारी दिएका छन् । ‘उनीउपर उच्च अदालत पाटनबाट वि.सं. २०७६ साल फागुन ६ गते बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवानाको फैसला भएको थियो’, प्रहरी उपरीक्षक महतोले भने । त्यसपछि भने फरार रहेकी सुब्बालाई सीआईबीको टोलीले मंगलबाट काठमाडौंको कालोपुलबाट पक्राउ गरेको हो ।
यसैगरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ स्थायी घर भई हाल काठमाडौंको नयाँँ बानेश्वर वडा नं. १० बस्ने ३९ वर्षीया गिरीलाई पनि मंगलबार नै काठमाडौंको नयाँबस्ती क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता महतोले जानकारी दिएका छन् । गिरीउपर उच्च अदालत पाटनले वि.सं. २०७६ माघ १९ गते फैसला गर्दै १५ दिन कैद र ५४ लाख ५० हजार रुपैंयाँ जरिवानाको फैसला गरेको थियो । सोपश्चात् भने गिरी फरार रहेकी थिइन् ।
पर्याप्त मौज्दात रकम नभएको बैंक खाताहरुबाट रकम भुक्तान हुने भनी जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्ने बैंकिङ कसुर मुद्दाहरुमा सुब्बा र लिना उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएकोमा सजाय बेरुजु भई फरार रहेका थिए । उनीहरुलाई मंगलबार नै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया