दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ
काठमाडौं । दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका स्थायी घर भएका हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानी बस्दै आएका ३१ वर्षीय निराजन कार्की छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका अनुसार दार्चुलाको लेकम गाउँपालिका ६ घर भई हाल काठमाडौंको विशालनगर बस्ने ४१ वर्षीय तारा गिरीलाई काठमाडौंको सिफलमा रहेको भिजन मल्टिप्रपोज प्राइभेट लिमिटेडका सञ्चालक रहेका कार्कीले दुवई जान सात लाख लाग्छ, त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा गार्डको काम लगाइदिन्छु, एक लाख तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी गिरीबाट सात लाख रकम लिई सम्पर्कविहीन भएका थिए ।
तत्पश्चात् वैदेशिक रोजगार विभागबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा निजलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेपछि अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा काठमाडौंको नयाँबानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।
मंगलबार पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया