‘मोर लोकल, मोर ग्लोबल’ अवधारणामा भिभो
काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले स्थानीय स्रोत परिचालनमा विशेष ध्यान केन्द्रित गर्दै ‘मोर लोकल, मोर ग्लोबल’ रणनीतिहरूमा जोड दिइरहेको जनाएको छ । कम्पनीले मोबाइल फोटोग्राफीमा भित्र्याएको अत्याधुनिक प्रविधि र प्रगतिका साथ विश्वभरका ग्राहकहरूको मन जित्न सफल समेत भएको छ ।
भिभोले विविधतामा विश्वास गर्ने जनाएको छ । एफएमसीजी, हस्पिटालिटी, इलेक्ट्रोनिक्स लगायत विभिन्न उद्योगमा अनुभव बटुलिसकेका कर्मचारीहरु यहाँ आबद्ध छन् । नेपालमा भिभोले प्रयोगकर्ताहरूलाई उत्कृष्ट स्मार्टफोन अनुभव प्रदान गर्नुका साथै, आफ्ना कर्मचारीहरूलाई समानान्तर रूपमा प्राथमिक्तामा राखेको छ । भिभोले कर्मचारीहरुको कामप्रति सन्तुष्टि र विकासका लागि कार्यस्थलमा सिकाइ वातावरणको महत्व र आवश्यकता बुझेको जनाएको छ । उनीहरुलाई प्रोत्साहन गर्दै करियर वृद्धि र विकासका लागि आवश्यक स्रोतहरू र सामग्रीहरु समेत प्रदान गर्दै आएको छ । यसले उनीहरुलाई विभिन्न तालिम र विकास कार्यक्रमहरुमार्फत आफ्नो सीप वृद्धि गर्ने वातावरण प्रदान गर्दछ । साथै भिभोले आफ्ना कर्मचारीहरूलाई मासिक र त्रैमासिक रूपमा विभिन्न मनोरञ्जन गतिविधिहरूमा संलग्न गराउदै आइरहेको छ ।
यसैगरी भिभोले कर्मचारीहरूको विकासमा मद्दत गर्न सीपमूलक तालिमका लागि फन्ड समेत गरेको छ । यस्तै भिभोले विभिन्न संस्था र कलेजसँग सहकार्य गर्दै प्लेसमेन्ट ड्राइभ, क्यारियर फेयरहरू आयोजना गर्ने र सहभागी जनाउने गर्दै आएको छ । हाल ६० भन्दा बढी देशमा उपलब्ध रहेको भिभोका विश्वव्यापी रुपमा चार सय मिलियनभन्दा बढी प्रयोगकर्ताहरु छन् । त्यस्तै सन् २०१७ मा नेपाली बजारमा प्रवेश गरेको भिभोले उद्योगकै पहिलो पप–अप क्यामेरा स्मार्टफोन, पहिलो रङ परिवर्तन गर्ने फोन (भी २३ फाइभजी), र स्लिम डिजाइन फोनलगायत नयाँ–नयाँ विशेषताहरु ल्याएको छ ।
नेपाली बजारमा भिभोका भी शृंखला र वाई शृंखलाका स्मार्टफोनहरू उपलब्ध छन् । वाई–सिरिज ब्याट्री, डिजाइन र क्यामेरा विशेषताहरूमा केन्द्रित छ भने भी–सिरिजका स्मार्टफोनहरू सुन्दर डिजाइन, शक्तिशाली प्रदर्शन र मोबाइल फोटोग्राफी भएका लक्जरी स्मार्टफोनहरू हुन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया