सोलुखुम्बुमा इन्धनको भाउ घटेन, उपभोक्ता ठगिँदै
सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा दुधकोशी आयल स्टोर सल्लेरीले घटेको इन्धनको मूल्य कार्यान्वयन नगरेको पाइएको छ । असार ११ गते राति १२ बजेदेखि लागू हुनेगरी सरकारले पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ र डिजेलमा प्रतिलिटर २९ रूपैयाँ मूल्य घटाए पनि सल्लेरीमा भने पुरानै मूल्यमा इन्धन बिक्री गरिरहेको पाइएको हो ।
घटेको भाउअनुसार सल्लेरीमा पेट्रोल प्रतिलिटर एक सय ९३ रूपैयाँ तीन पैसा र डिजेल एक सय ७४ रूपैयाँ तीन पैसा हुनुपर्नेमा पम्पले अहिले पुरानै मूल्यअनुसार पेट्रोल प्रतिलिटर दुर्ई सय १३ रूपैयाँ तीन पैसा र डिजेल दुई सय तीन रूपैयाँ तीन पैसामा बिक्री गरेर उपभोक्ता ठगिरहेको छ । पम्पका कर्मचारी सोनाम शेर्पाले आफूहरूसँग स्टक तेल रहेकाले मूल्य नघटेको बताए । स्टक सकिएपछि मात्रै घटेको मूल्य कार्यान्वयन हुने उनको भनाइ छ । मुख्य वृद्धि हुँदा तत्काल कार्यन्वयन हुने तर घट्दाचाहिँ किन नहुने भन्ने प्रश्नमा पम्पका कर्मचारी शेर्पाले स्टक भएकाले कार्यान्वन नभएको जवाफ दिए ।
सरकारले देशभर मूल्य घटाएको चार दिन बितिसके पनि सोलुमा लागू नहुँदा उपभोक्ता ठगिएको सल्लेरीका दिलिप थापा मगरले गुनासो गरे । सदरमुकाम सल्लेरीमै उपभोक्ता ठगिँदा समेत सम्बन्धित निकाय मुकदर्शक भनेको उनको गुनासो छ । प्रमुख जिल्ला अधिकारी अनिल खनालले यस विषयमा तत्काल छानबिन गरी आवश्यक कदम चाल्ने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया