सुबास बस्नेत
दोलखा, फागुन ९
दोलखाको जिरी नगरपालिकाले आफ्नो क्षेत्रभित्र भित्रिएका पर्यटकलाई स्थानीय परिकारले लोभ्याउन विभिन्न ठाउँमा होमस्टे खोलेर पर्यटकलाई राख्ने योजना बनाएको छ । जिल्लाको पर्यटकीय स्थल जिरी घुुम्न आउने पर्यटकहरूलाई सहजरूपमा बास दिई पर्यटन प्रवर्द्धन गर्न होमस्टे सञ्चालनमा जोड दिएको हो । पर्यटकीय नगरी जिरी नगरपालिकाले पर्यटकहरूलाई आकर्षण गर्न मौलिकतासहितको होमस्टे सञ्चालन गर्न लागेको जिरी नगरपालिकाले जनाएको छ ।
जिरी नगरपालिका वडा नम्बर १ पुम्पा, वडा नम्बर २ यलुङ, वडा नम्बर ७ को खावा, वडा नम्बर ९ को चिपचिपेमा होमस्टे सञ्चालन गर्ने योजना बनाई कार्य अगाडि बढाएको नगरले जनाएको छ । नगरपालिकाको पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूलाई स्थानीय मौलिक शैलीको घरमा बास बसाई पारिवारिक आभास दिई पर्यटन आकर्षणका लागि होमस्टे सञ्चालन गर्न लागिएको नगरप्रमुख टंक जिरेलले बताए । केही स्थानमा भने होमस्टे सञ्चालनमा आएकाले आन्तरिक पर्यटकहरूलाई जिरी भ्रमणका लागि आग्रहसमेत गरेका छन् ।
आगामी आर्थिक वर्ष जिरी नगरपालिकाको सम्पूर्ण वडाहरूमा स्थानीय मौलिक शैलीका होमस्टे सञ्चालन गर्ने योजना रहेको नगरकी उपप्रमुख कृष्णमाया बुढाथोकीले बताइन् । नगरले होमस्टे सञ्चालन गर्ने विधि, अतिथि सत्कार गर्ने तरिकालगायतको विषयमा होमस्टे सञ्चालकहरूलाई आवश्यक तालिमको दिइने बताइन् । उनले पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न योजनासहित कार्य गरिरहेको बताइन् ।
यता जिल्लाको अर्को पर्यटकीय क्षेत्र शैलुङ गाउँपालिकाले पनि पर्यटक राख्न विभिन्न वडामा होमस्टे सञ्चालन गर्न सुरु गरेको जनाएको छ । वडा नम्बर ३, ६, ७ र ८ मा शैलुङको पर्यटन क्षेत्रमा सहयोग पुग्ने विश्वासका साथ होमस्टे सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । पालिकामा होमस्टे सञ्चालन गर्न तालिम पुस महिनामा आयोजना गरिएको थियो । तालिममा अतिथि सत्कार, मौलिक खाना बनाउने विधिलगायतको विषयम जानकारी दिइएको थियो ।
तालिममा होमस्टे सञ्चालनका लागि इच्छुक ४० जनाभन्दा बढी होटल व्यवसायी सहभागी भएका थिए । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले विगु र गौरीशंकर गाउँपालिकाको विभिन्न स्थानमा होमस्टे सञ्चालन गरेको छ । विगु गाउँपालिकाभित्र रहेका केही वडाका स्थानीयलाई गौरीशंकर संरक्षण क्षेत्रले होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न सामग्री वितरण गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया