महिलाको नाममा जग्गा पास गराउनेको संख्यामा कमी
सोलुखुम्बु । सोलुखुम्बुमा महिलाका नाममा घर/जग्गा पास (लिखत) गराउनकोे संख्या २५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा घर/जग्गा पास गर्ने महिलाको संख्या २५ प्रतिशतले घटेको मालपोत कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा एक हजार चार सय एक जनाले जग्गा पास गराएकोमा पाँच सय ३२ जना महिला रहेका थिए । तर गत आर्थिक वर्षमा एक हजार तीन सय ७५ जनाले जग्गा पास गराउँदा चार सय एक जना मात्रै महिला रहेका छन् । जुन अघिल्लो आर्थिक वर्षको भन्दा संख्यात्मक हिसाबले एक सय ३१ जनाले र प्रतिशतको हिसाबले २५ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको साउनमा ४७ पुरुष र २० महिला, भदौमा ३६ पुरुष र २८ महिला, असोजमा ७७ पुरुष र ३९ महिला, कात्तिकमा ६४ पुरुष र २१ महिला, मंसिरमा ११० पुरुष र ५४ महिला र पुसमा ११३ पुरुष र ४१ जना महिलाको नाममा जग्गा पास भएको छ । यस्तै मागमा एक सय १३ पुरुष र ३७ महिला, फागुनमा १४३ पुरुष र ४९ महिला, चैत्रमा ९४ पुरुष र ३४ महिला, वैशाखमा ४९ पुरुष र २३ महिला, जेठमा ७९ पुरुष र ३९ महिला र असारमा ४५ पुरुष र १६ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएको मालपोत अधिकृत पदम प्रसाद अर्यालले जानकारी दिए । जसबाट ३१ लाख ८० हजार चार सय ७३ रूपैयाँ राजस्व छुट भएको अधिकृत अर्यालले बताए । सरकारले महिला र दलितको नाममा घर जग्गा पास (लिखत) गर्दा २५/२५ प्रतिशत राजस्व छुट दिने व्यवस्था गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया