श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
कोलम्बो । श्रीलंकाले शनिबार चिनियाँ जहाज युआन वाङ–५ (जासुसी जहाज भनेर चिनिने) हम्बनटोटा बन्दरगाहमा रहन अनुमति दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । टाइम्स अनलाइनका अनुसार श्रीलंका सरकारले युआन वाङ–५ जहाजलाई शुक्रबार बन्दरगाहमा रहन स्वीकृति दिएको छ ।
‘युआन वाङ–५ अगस्ट १६ मा हम्बनटोटा अन्तर्राष्ट्रिय बन्दरगाहमा आइपुग्नेछ । अगस्ट ११ मा सो विमान त्यहाँ आइपुग्ने बताइएको भए पनि भारतले राष्ट्रिय सुरक्षा चासो देखाउँदै आपत्ति जनाएपछि केही दिन ढिला भएको’ टाइम्स अनलाइनले जनाएको छ ।
यसअघि चिनियाँ जहाजले इन्धन भर्नका लागि अगस्ट ११ मा चीनद्वारा भाडामा लिएको हम्बनटोटा बन्दरगाहमा डक गर्ने र अगस्ट १७ मा छोड्ने कार्यक्रम थियो । यसैबीच श्रीलंकाको विदेश मन्त्रालयले हम्बनटोटा बन्दरगाहमा उक्त जहाजको अगमनलाई ढिलाइ गर्न कोलम्बोस्थित चिनियाँ दूतावासलाई पत्राचार गरेको बताइएको छ ।
हालै नोम पेन्हमा भएको द्विपक्षीय बैठकमा दुवै देशका विदेशमन्त्री अली साब्री र वाङ यीले दुवै देश बीचको हार्दिक द्विपक्षीय सम्बन्धमाथि प्रकाश पारेका थिए । यता भारतले उक्त विमानलाई जासुसी विमानको रूपमा लिँदै यसले भारतीय सुरक्षा संवेदनशीलताको प्रश्न उठाएको छ । यद्यपि चीनले भने यसलाई अनुसन्धान र सर्वेक्षण जहाजको रूपमा विकास गरिएको दाबी गरेको छ । सो विमान सन् २००७ मा निर्माण गरिएको हो र यसले ११ हजार टन भारवहन क्षमता राख्छ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया