आर्थिक दैनिकको सम्पादकमा पुडासैनी नियुक्त
काठमाडौं । ‘आर्थिक दैनिक’को सम्पादकमा राम प्रसाद पुडासैनी नियुक्त भएका छन् । यही भदौ १३ गते बसेको आर्थिक दैनिक प्रालिको सञ्चालक समिति बैठकले पुडासैनीलाई सम्पादक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
‘आर्थिक दैनिक’मा स्थापनाकालदेखि नै कार्यरत पुडासैनी केही वर्ष अगाडिदेखि कार्यकारी सम्पादकका रुपमा कार्यरत थिए । सम्पादक प्रल्हाद रिजालले कार्यव्यस्तताको कारण राजीनामा दिएपछि पुडासैनीलाई सम्पादकमा नियुक्त गरिएको हो ।
पत्रकारिता, समाजशास्त्र र राजनीतिशास्त्र विषयमा स्नातकोत्तर गरेका पुडासैनीले नेपाल ल क्याम्पसबाट एलएलबीको पनि अध्ययन गरेका छन् ।
कमाण्डर दैनिक, राजधानी दैनिक, साँझको समाचार, असन बजार साप्ताहिक, राष्ट्रिय जनमञ्च साप्ताहिकलगायतका विभिन्न पत्रपत्रिकामा काम गरिसकेका पुडासैनी २४ वर्षदेखि निरन्तर पत्रकारिता पेशामा संलग्न छन् ।
पुडासैनीको सम्पादकीय नेतृत्वले ‘आर्थिक दैनिक’लाई थप परिमार्जित गर्दै सशक्त बनाउने अपेक्षा सञ्चालक समितिले गरेको छ । नवनियुक्त सम्पादक पुडासैनीलाई अध्यक्ष एवं संस्थापक सम्पादक रिजालले सफलताको शुभकामना दिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया