काठमाडौं । नबिल बैंक र दराजबीच ‘दराज दशैँ धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले दशैँलाई ध्यानमा राखी २९ भदौदेखि दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकलाई विशेष छुटको व्यवस्था गर्ने सम्झौता गरेको जानकारी दिएको छ ।
दराज दशैँ धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत अग्रीम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानीमा अधिकतम दुई हजार पाँच सय रुपैयाँ वा २० प्रतिशत छुट प्राप्त गर्ने जनाइएको छ । छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्ड ई–कमर्सका लागि सक्रिय गर्नुपर्ने बैंकले जनाएको छ ।
सम्झौतामा हस्ताक्षरपछि बैंकका रिटेल कारोबार प्रमुख निरज शर्माले यो सहकार्य आफैँमा एउटा उत्सव भएको र आफ्ना ग्राहकलाई आउँदै गरेको दशैँको शुभकामना रहेको बताए । यस महोत्सवले दराज साथै नबिल कार्डवाहकमाझ छुट्टै उत्साह थपिने उनले विश्वास व्यक्त गरे । दराजका तर्फबाट भने अरुण फुँयालले हस्ताक्षर गरेका थिए । बैंकले देशभरि दुई सय ३३ शाखा र दुई सय ६९ एटीएम काउन्टरमार्फत सेवा दिइरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बजेटको अनिश्चितता र अर्थमन्त्रीमाथि बढेको दबाब
- विश्व रेडक्रस दिवस र नेपाल
- आयु बढ्दाको खुसी
- समसामायिक राजनीतिक व्यङ्ग्य
- राष्ट्र बैंकको नियतमै खोट
- स्मार्ट टेलिकमको घोटाला छानबिन गर्न माग
- पेमेन्ट गेटवे प्रकरणमा पौडेललाई ९ वर्ष कैद र २३ करोड जरिबाना
- डीएसपी थापा र बिचौलिया मालीको सेटिङमा जाहेरी नै गायब !
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया