काठमाण्डौं,फागुन १६
सचेत खाना पारखीका लागि काठमाडौँमा ‘द लिभिङ रुम’ रेष्टुरेन्ट खुलेको छ । यो भर्सटाइल रेष्टुरेन्ट हायात रिजेन्सीको लबी एरियामा अवस्थित रहेको छ । शान्त र मनमोहक वातावरणमा रहेको ‘द लिभिङ रुम’ रेष्टुरेन्ट हुँदै टेरेस(छत)मा जान सकिन्छ । जहाँबाट सुन्दर र हराभरा बगैँचा तथा स्वीमिङ पुल देख्न सकिन्छ । ’द लिभिङ रुम’ को शाब्दिक अर्थ बैठक कोठा भन्ने हुन्छ । जहाँ परिवारका सबै सदस्यहरूको जमघट हुन्छ र रमाइला कुराहरू हुने गर्छन् । ‘द लिभिङ रुम’ को मुख्य विशेषताहरूमा योङ, ट्रेन्डी तथा स्वस्थकर रहेका छन् । हायातले यस रेष्टुरेन्टलाई विभिन्न उमेर समूहका ग्राहकहरूलाई लक्षित गर्दै दिनको समयअनुसार विभिन्नखानाका परिकारहरू पस्कने योजना रहेको बताएको छ । यस रेष्टुरेन्टको इन्टेरियर डेकोरेसनहरू र मनमोहक वातावरण युथ तथा ट्रेन्डी विशेषताहरूमा आधारित रहेको छ । ‘द लिभिङ रुम’मा पस्किइने खानेकुराहरूमा हायातको फार्म टु प्लेट अवधारणामा केन्द्रित रहेको छ । रेष्टुरेन्टको ओपन किचेनमा नो फ्राइड अर्थात् तारेको केही पनि प्रयोग नगरिने बताईएको छ । मेनुमा ग्रिल्ड, उसिनेको वा काँचो खान मिल्ने खानेकुराहरूको विकल्पहरू राखिएको छ ।
भाइब्रेन्ट रंगहरू र आकर्षक डिजाइन भएको रेष्टुरेन्टको बारमा उपलब्ध हुने थरिथरिका ककटेलहरूले रेष्टुरेन्टमा आउने ग्राहकहरूलाई आश्चर्य र खुसी तुल्याउने बताईएको छ । जापान, जोर्डन, इजिप्ट, ओमान, मलेसिया, ट्रिनियाड तथा टोबागो लगायतका कैयौँ देशहरूमा अनुभव बटुलेका रेष्टुरेन्टका कार्यकारी सेफ डेबार्या चक्रवर्तीले आधुनिक समयअनुसारको स्वस्थखानपान र नवीनतालाई ध्यानमा राखी मेनु तयार पारिएको छ । रेष्टुरेन्टको मेनु खाना पारखीहरूलाई ध्यानमा राख्दै विशेष रूपमा तयार पारिएको हो । स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको अपेक्षाअनुरुप मेनु तयार पारिएको हायातले बताएको छ । साथै मेनुमा एकपटक खानै पर्ने तथाअन्तकतै नपाइने कैयौँ सेफ सिग्नेचर डिशहरू पनि समावेश गरिएका छन् । रेष्टुरेन्टमा आउने अतिथिहरूले डेस्टिनेसन बारमा विभिन्नथरिका इनोभेटिभ तथा कन्टेम्परी ककटेल ड्रिंकहरू पिउन सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
- आर्थिक प्रगति र समृद्धि सपना मात्रै
- नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना
- सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी
- वैदेशिक लगानीका लागि सरकारी प्रयासको प्रशंसा
- इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
- बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया