Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय मुद्रा संग्रहालयमा प्रदर्शनी कक्ष निर्माण

राष्ट्रिय मुद्रा संग्रहालयमा प्रदर्शनी कक्ष निर्माण


काठमाडौं । काठमाडौंको छाउनीस्थित राष्ट्रिय मुद्रा संग्रहालयमा प्रदर्शनी कक्ष निर्माण गरिएको छ । संग्रहालयको दक्षिणपट्टि रहेको पुलघरमा निर्मित भवनमा स्थापना गरिएको प्रदर्शनी कक्षको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले मुलुकको इतिहासलाई क्रमबद्ध रुपमा झल्काउने प्रमुख स्रोत ‘मुद्रा संग्रहालय’ पर्यटनका लागि समेत आकर्षणको केन्द्र रहेको बताए ।

देशको इतिहास, संस्कृति तथा सभ्यतालाई प्रमाणित गर्न मुद्राले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले नेपालको इतिहास दर्शाउने मुद्राहरुको संकलन गरी संग्रहालयको रुपमा विकास गरिनु महत्वपुर्ण उपलब्धि भएको उल्लेख गरे । नेपालमा आउने पर्यटकका लागि मात्र नभएर इतिहास, संस्कृति तथा पुरातत्वका अध्येता र शोधकर्ताका लागि समेत संग्रहालय महत्वपूर्ण सन्दर्भ स्रोत बन्नसक्ने मन्त्री श्रेष्ठको भनाइ छ । मुलुकको इतिहास संग्रहालयमा देखिने भएकोले यसलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिँदै उनले संग्रहालयका लागि निश्चित मापदण्ड बनाउने सरकारको तयारी रहेको बताए ।

संग्रहालयमा संकलित मुद्राहरुलाई नेपालको ऐतिहासिक कालखण्डअनुसार प्रदर्शन गरिएको छ । नेपालको अत्यन्त दुर्लभ मानिने ईशापूर्व पाँचौँ शताब्दीदेखि ईशाको पहिलो शताब्दीसम्मका विभिन्न सिक्काहरु संग्रहालयमा राखिएको छ । संग्रहालयमा भारतमा बेलायतको औपनिवेशिक कालका चाँदीका मोहरहरुको माला तथा औंठीहरु पनि प्रदर्शनमा राखिएको छ । छाला तथा माटोका मुद्राहरु संग्रहालयको आकर्षणको रुपमा रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया