सामसङ इन्डियाले एकै दिन बेच्यो १० अर्बको मोबाइल
नयाँ दिल्ली । स्मार्टफोन निर्माता कम्पनी सामसङ इन्डियाले आइतबार अमेजन, फ्लिपकार्टजस्ता इकमर्स प्लेटफर्ममा पर्व सेलअन्तर्गत एकै दिन १० अर्ब भारुको मोबाइल बिक्री गरेको छ । भारतीय मिडियाहरुका अनुसार कम्पनीले उक्त दिन १२ लाखभन्दा धेरै ग्यालेक्सी स्मार्टफोन बिक्री गरेको हो ।
कम्पनीले सेलमा ग्यालेक्सी शृंखलाका आफ्ना स्मार्टफोन ह्यान्डसेटको मूल्यमा १७ देखि ६० प्रतिशतसम्म छुट दिएको थियो । कम्पनीले एक वक्तव्यमा भनेको छ, ‘अनलाइनमा पर्वको बिक्रीको पहिलो दिन सामसङले १२ लाखभन्दा धेरै ग्यालेक्सी स्मार्टफोन बिक्री गरेको छ जुन भारतमा नयाँ कीर्तिमान हो । मूल्यको हिसाबले २४ घण्टामा यो १० अर्ब भारुभन्दा बढीको ग्यालेक्सी बिक्री भएको हो ।’
सामसङले ग्यालेक्सी एस२० एफई फाइभजी, ग्यालेक्सी एस२२ अल्ट्रा, ग्यालेक्सी एस२२, ग्यालेक्सी एम५३, ग्यालेक्सी एम३३, एम३२ प्राइम एडिसन र ग्यालेकसी एम१३ फोनको मूल्यमा कटौती गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु’
- मोरङ उद्योग व्यापार संघको निर्वाचन हुँदै
- समसामयिक राजनीतिक व्यङ्ग्य
- बैंकिङ प्रणालीमा २४ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक
- बीमा कम्पनीहरूबाट एक खर्ब ४० अर्ब बीमाशुल्क सङ्कलन
- वैदेशिक रोजगारीका लागि एक महिनामा ७० हजार युवालाई श्रम स्वीकृति
- व्यवसायीहरूमा कर आतङ्क
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया