सडक स्तरोन्नतिका लागि सोलुखुम्बुलाई थप १० करोड बजेट
सोलुखुम्बु, फागुन १९
सोलुखुम्बुको विभिन्न सडक स्तरोन्नतिको लागि थप १० करोड बजेट प्राप्त भएको छ । संघीय सरकार मातहत सडक विभागले उक्त बजेट व्यवस्था गरेको बताइएको छ । जिल्लाको रोक्ति बुढीडाँडा महाकुङ र सल्लेरी नेचा सल्यान जोड्ने सडकको स्तरोन्नतिमा उक्त बजेट खर्च गरिने संघीय सांसद हेमकुमार राईले जानकारी दिए । जनतामाझ गरिएको प्रतिबद्धता र आवश्यकतालाई ध्यानमा राखेर उक्त बजेटको लागि पहल गरिएको भन्दै सांसद राईले यथाशिघ्र कार्यान्वयनको लागि सडक डिभिजन कार्यालयलाई निर्देशनसमेत दिएका छन् । हरेक गाउँबस्ती जोडिएको सडकलाई गुणस्तरीय बनाउँदै सहज यातायातको पहुँचमा जोड्ने योजनाअनुसार काम भइरहेको भन्दै सांसद राईले दिगो विकासमा आफूहरू केन्द्रित रहेको उनको भनाइ छ ।सल्लेरीदेखि देउसाको रोक्ति हुँदै तीन गाउँपालिकाको नागरिकले यात्रा गर्ने सडक निकै साँगुरो र ग्रेड नमिलेका कारण पहिलो ध्यान त्यसतर्फ भए पनि अन्य क्षेत्र जोड्ने सडकका लागि पनि थप बजेटको व्यवस्था गरिरहेको राईले जानकारी दिए ।
जिल्लालाई राजधानीसँग जोड्ने ओखलढुंगा–जन्तरधाप–फाप्लु सडकखण्डपछि दोस्रो व्यस्त सडकको रूपमा जोरबौद्ध–नेले–रोक्ति सडकखण्ड नै पर्छ । यस्तै नेचा सल्यान जाने सडक पनि जोखिमपूर्ण भएकाले थप बजेटबाट स्तरोन्नति गर्ने भन्दै सांसद राईले कालोपत्रेको लागि समेत पहल भइरहेको बताए । आफ्नो कार्यकालमा जिल्लाको सम्पूर्ण क्षेत्रमा बाह्रै महिना सडक सञ्चालन गर्ने, हरेक बस्तीमा विद्युत्को केन्द्रीय प्रशारण लाइन पु¥याउने, फोरजी सेवा सञ्चालन गरी सूचना तथा सञ्चारको पहुँचमा नागरिकलाई जोड्ने र पर्यटन प्रवद्र्धनका कार्यक्रमसमेत क्रमैसँग सञ्चालन गरिने सुनाए । यस्तै प्राविधिक शिक्षालय, कृषिमा आधुनिकीकरणमा समेत उत्तिकै जोड दिइने सांसद राईको भनाइ छ । जिल्लाको विकासका लागि आफूले सक्दो सहयोग गर्न तयार रहेको राईले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया