हिमालयन बैंक र ट्राभल राइटबीच सम्झौता
काठमाडौं । हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रालि (भिस्तारा एयरलाइन्स) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भिसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डवाहकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटी चेक इन सुविधा प्रदान गर्ने भएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभल राइट प्रा.लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्ताक्षर गरेका छन् । हाल बैंकले नेपालभरि फैलिएका ७४ शाखा, पाँचवटा विस्तारित काउन्टर, एक सय ५४ वटा एटीएम र छ हजारभन्दा बढी पिओस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ । विश्वभर प्रचलनमा रहेको अमेरिकन एक्सप्रेस, मास्टरकार्ड, भिसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर, आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन नेपालको एक मात्र बैंक हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया