सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुन थालेको छ । असोज महिनामा मात्रै १२ हजार चार सय ५१ जना पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक छ ।
सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको छ । सगरमाथालगायतका हिमाली दृश्यको अवलोकन गर्ने पर्यटकको संख्या बढेसँगै यस क्षेत्रका व्यवसायीहरु उत्साहित बनेका छन् । यतिबेला खुम्बु क्षेत्र पुग्ने पर्यटकहरु दिनप्रतिदिन बढिरहेका छन् । ट्रेकिङको सिजन सुरु भएसँगै पर्यटन व्यवसायीहरु पनि लुक्ला पुगेका छन् । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायीहरु पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् । नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाका अनुसार होटल व्यवसायीहरु व्यवसायमा निकै व्यस्त छन् भने सो क्षेत्रको बाटो, चौतारा तथा होटल लजहरु पर्यटकले नै भरिभराउ बनेका छन् । दशैँको बेला खराब मौसमका कारण उडान नहुँदा पर्यटक आउन सकेका थिएनन् । मौसममा सुधार भएसँगै पर्यटकको लर्को लाग्न थालेको हो । लुक्लामा अहिले दैनिक ३२ वटाभन्दा बढी उडान हुनेगरेको छ । उडानसँगै व्यस्ता बढेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताए ।
खुम्बुमा वर्षको दुई पटक वैशाख, जेठ, असार र असोज कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । जोरसल्ले चेकपोष्टका कर्मचारीहरुमा पनि व्यस्तता बढेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायको भनाइ छ । उनले भने, ‘व्यस्तताको त कुरै नगरौँ न, टुरिस्टहरु धमाधम खुम्बु भित्रिँदै छन् । निकुञ्जका चेकपोस्टका कर्मचारीहरुमा पनि अत्यन्त व्यस्तता बढेको छ, कुनै दिन त उनीहरुलाई खान फुर्सद समेत नभई इन्ट्री गर्नमा जुटेका छन् ।’ लामो समय कोरोना कहरको चपेटामा परेको खुम्बुको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्किएसँगै होटल, व्यवसायीदेखि पर्यटन व्यवसायीहरु उत्साहित छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- वाणिज्य महासंघद्वारा द्रूत बजार विश्लेषणसम्बन्धी सफ्टवेयरबारे प्रशिक्षण
- ज्योति विकास बैंकद्वारा १५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान
- नेसनल लाइफको नेसनल अवार्ड कार्यक्रम
- ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र
- क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम
- कूटनीतिक अधिकारीहरूसँग छलफल
- सगरमाथाको शिखरमा कामीरिता ३०औँ पटक
- प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया