एक सय ३० वटा व्यावसायिक फार्मलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
काठमाण्डौं,फागुन २३
राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर बिल बनाई अनधिकृत कारोबार गरेको पाइएपछि एक सय ३० व्यावसायिक फार्म तथा कम्पनीलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उक्त व्यावसायिक फार्म तथा कम्पनीलाई उपस्थित हुन निर्देशन दिएको हो । विभागले नक्कली भ्याट बिल र अन्तःशुल्क छली गरेको अभियोगमा दुई सयभन्दा बढी व्यावसायिक फार्म तथा कम्पनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ । विभागका अनुसार पटक–पटक सम्पर्कमा आउन गरिएको आग्रहलाई व्यावसायिक फार्म तथा प्रतिष्ठानले अटेर गरेकाले उनीहरूलाई सार्वजनिक सूचनामार्फत उपस्थित हुन निर्देशन दिइएको हो । विभागले भ्याट बिल छली तथा अन्तःशुल्कमा समेत गैरकानुनीरूपमा छली गरेको पाइएकाले सार्वजनिकरूपमा नै उनीहरूलाई उपस्थित हुन भनेको विभागले जनाएको छ ।
वर्तमान सरकार गठन भएसँगै विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राखिएको छ । नयाँ संरचनालगत्तै विभागले नक्कली भ्याट बिल तथा अन्तःशुल्क छलीको मात्रै १५ अर्ब रूपैयाँबराबरको मुद्दा अदालतमा दायर गरिसकेको छ । बिहीबार प्रकाशित सूचनामा ती व्यावसायिक फार्म तथा व्यापारिक प्रतिष्ठान सम्पर्कमा नरहेको र ती संस्थामा काम गर्ने व्यक्ति तथा मजदूरका नाममा बैंक खाता खोलेको पाइएको छ । उनीहरूलाई विभागले पटक–पटक सम्पर्कमा आउन आग्रह गर्दासमेत अटेर गरिएको बताइएको छ । विभागले ती फार्म अनुसन्धानको प्रक्रियामा रहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया