विश्वकप फुटबल : दुई पटकको विश्वविजेता अर्जेन्टिनाको साउदी अरेबियासँग नाटकीय हार
कतार । जारी फिफा विश्वकपअन्तर्गत मंगलबार भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई स्तब्ध पारेको छ । दुई पटकको विश्वकप विजेतालाई एसियाली देश साउदी अरेबियाले २–१ ले पराजित गर्दै विश्वकप इतिहासमै नयाँ कीर्तिमान राखेको हो ।
खेलको पहिलो हाफमा अर्जेन्टिनाका लियोनल मेस्सीले पेनाल्टीबाट अग्रता दिलाएका थिए । तर दोस्रो हाफको शुरुमा सालेह अल–शेहरीले बराबरी गरे र सलेम अल–दवसारीले सनसनीपूर्ण गोल अर्को गोल गरे ।
विश्वकप जित्ने दाबेदार मध्येको एक रहेको अर्जेन्टिनाले लुसेल रंगशालामा हारबाट जोगाएको भए ३७ खेल अपराजित रहेको इटालीको कीर्तिमान बराबरी हुने तर त्यसो हुन सकेन । उच्चस्तरको फुटबल टोली अर्जेन्टिना कमजोर आँकिएको साउदी अरेबियासँग हारेपछि यसलाई विश्वकप इतिहासको नाटकीय खेलको संज्ञा दिइएको छ । फिफा विश्व वरीयतामा साउदी अरेबिया ५१औँ स्थानमा र अर्जेन्टिना तेस्रो स्थानमा छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया