Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘तीन महिनासम्म पुग्ने औषधि मौज्दात, अभाव हुँदैन’

‘तीन महिनासम्म पुग्ने औषधि मौज्दात, अभाव हुँदैन’


काठमाडौं, फागुन २५

नेपाल औषधि उत्पादक संघले नेपालमा औषधि अभाव हुन नदिने बताएको छ । हाल भारत सरकारले २६ वटा औषधि उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लगाएको छ । भारत सरकारले औषधीमा रोक लगाएपछि संघले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालमा उत्पादन हुने कुनै पनि औषधिको अभाव हुन नदिने बताएको हो । हाल ३ महिनासम्मको सामान्य बजारको लागि आवश्यक औषधि, कच्चापदार्थ, सहायक कच्चापदार्थ एवं प्याकिङ मेटेरियल मौज्दात रहेको संघले जनाएको छ ।नेपालमा हाल एलोपेथिक औषधिका ६२ वटा उद्योगहरु सञ्चालनमा रहेका छन् । ४२ वटा अन्य नयाँ उद्योगहरु निर्माणाधीन अवस्थामा रहेको संघले जनाएको छ । भूकम्प, नाकाबन्दीजस्ता विपद्को समयमा पनि औषधि अभाव हुन नदिएको भन्दै संघले चीनबाट पनि कच्चा पदार्थ आइरहेको जनाएको छ । भारत र चीन नेपाललाई व्यापारिक दृष्टिकोणले सरल भएकोले धेरैजसो कच्चापदार्थ त्यहाँबाट खरिद गर्ने गरेको संघले जनाएको छ ।

विश्वका अन्य मुलुकमा पनि कच्चापदार्थ बन्ने र जुनसुकै मुलुकबाट पनि कच्चापदार्थ खरिद गरी औषधिको अभाव हुन नदिने संघले जनाएको छ । नेपालमा सरकारले विपद्मा मात्र औषधिको महत्व बुझ्ने भन्दै संघले देशलाई नै औषधिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएको छ । हालको स्थितिमा नै लगभग ७५ प्रतिशत औषधिमा विदेशी कम्पनीलाई अनुनय विनय र आग्रह गर्नुपर्ने अवस्था नरहेको पनि संघले दाबी गरेको छ । निजी औषधि उद्योगहरुसँग सरकारले सहकार्य र सहयोग गरे मात्र पनि नेपाल औषधिमा आत्मनिर्भर बन्ने संघको दाबी छ । विदेशीलाई हारगुहार गर्नुको सट्टा नेपाली उत्पादकसँग सहकार्य गरेर नेपाल र नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधि पु¥याउन सहयोग गर्न संघले सरकारसँग आग्रह समेत गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया