महालक्ष्मी विकास बैंकको ‘संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम’
काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडको विभिन्न शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् । बैंकको थापाथली शाखाद्वारा त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहीन कल्याण संघमा अध्ययनरत बालबालिकाहरूको लागि ब्रेल पुस्तक तयार गर्न एक हजार आठ सय ७५ थान ब्रेल पेपर हस्तान्तरण गरिएको छ ।
दृष्टिविहीन भएकाहरूको संरक्षण गर्दै उनीहरूको स्वास्थ्य र शिक्षमा समेत सहयोग प्रदान गर्ने सामाजिक कार्यमा लामो समयदेखि सक्रिय उक्त संस्थामा अध्ययनरत बालबालिकाहरूको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले सहयोग प्रदान गरेको हो । त्यस्तै बैंकको न्यूरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई पञ्चमुखी गणेश मुर्ति स्थापनाको लागि अक्षेरुपी ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । धार्मिक एवं पर्यटकीय क्षेत्र विकासमा थप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो । यसैगरी बैंकको ठुटीपीपल शाखाद्वारा ओमसत्तिया गाउँपालिका वडा नं १, रुपन्देहीमा अवस्थित गंगा विशुन आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाको लागि बाल उद्यानसम्बन्धी पिङ, ढिकेपिङलगायतका सामग्री हस्तान्तरण गरिएको छ ।
मनोरञ्जनका गतिविधिहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सहयोग पु¥याउने हुँदा बैंकले बाल उद्यानका लागि सामग्री हस्तान्तरण गरेको हो । उल्लिखित कार्यक्रमसँगै बैंकको रुकुम शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)लाई मिटिङ टेबुल निर्माण गरी हस्तान्तरण गरिएको छ । प्रहरी कार्यालयको हाताभित्र सञ्चालनमा रहेको बैठक कक्षमा विभिन्न बैठक तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न सहजता होस् भन्ने उद्देश्यले बैंकले उक्त कक्षमा मिटिङ टेबुल निर्माण गरेर जिल्ला प्रहरी कार्यालयलाई प्रदान गरेको हो । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तररुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया