काठमाडौं । डिजिटल सर्भिस मार्केटप्लेस (सेवाबजार), ‘सजिलो सेवा’ले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ । अब पोखरेली सेवाग्राहीहरुले सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवाहरु प्लम्बिङ, इलेक्ट्रिकलदेखि होम सलूनसम्म एकै ठाउँमा प्राप्त गर्न सक्नेछन् ।
सन् २०१७ देखि काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा आएर ५० हजारभन्दा धेरै अर्डर सम्पन्न गरेको कम्पनीले पहिलोपटक काठमाडौँ उपत्यकाबाहिर सेवा विस्तार गर्न लागेको हो । कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख कविश भक्त श्रेष्ठका अनुसार सजिलो सेवाले सन् २०२७ सम्म देशभर १० हजारभन्दा धेरै युवाहरुलाई रोजगारी प्रदान गर्ने लक्ष्य लिएको छ । त्यसैअनुरुप आक्रामक ढंगले देशभर सेवा विस्तार गर्ने योजनालाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ । हालसम्म कम्पनीले दुई सय ५० भन्दा धेरै सेवाग्राहीमार्फत ५० भन्दा धेरै सेवा प्रदान गर्दै आइरहेको छ ।
कम्पनीका अनुसार पोखरामा पनि मध्यम वर्गीय जनसंख्याको संख्या बढ्ने क्रममा छ । यसका साथै पोखरा नेपालको पर्यटन क्षेत्रको केन्द्रविन्दु पनि हो । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न गुणस्तरीय सेवा अपरिहार्य रहने हुनाले यहाँको घर, अफिस तथा पर्यटकहरुलाई सजिलो सेवा सान्दर्भिक हुने हुनाले यहाँ सेवा विस्तार गर्न लागेको श्रेष्ठले बताए । सजिलो सेवा पोखराका प्रमुख बिमल बास्तोलाका अनुसार पोखराको बजारमा सजिलो सेवाको प्रवेशले यहाँको बजारमा सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउनेछ । सेवा प्रदायकहरु सजिलो सेवासँग जोडिन धेरै उत्सुक रहेको देखिएको र अहिले नै ४० जनाले आफूलाई दर्ता गरिसकेको बास्तोलाले बताए । पोखरामा सजिलो सेवासँग जोडिन चाहने व्यक्ति तथा संस्थाले कम्पनीको वेबसाइट, एप वा ०६१५७८३३३ मार्फत आफ्नो नाम टिपाउन सक्नेछन् ।
उपत्यकाभित्रका सेवाग्राहीलाई पारदर्शी ढंगले सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गर्न नाम कमाएको सजिलो सेवाले आफ्नो सेवा प्रदायकहरुमाझ मासिक २० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म कमाउन सक्ने अवसर प्रदान गर्ने छवि बनाएको जनाएको छ ।
सेवाग्राहीले पहिलो तीन महिनासम्म सजिलो सेवाको एपमार्फत अर्डर गर्दा सजिलो एप प्रोमो कोड प्रयोग गरेर ५० प्रतिशत छुट प्राप्त छुट प्राप्त गर्नेछन् । पोखरापछि नेपालका अन्य प्रमुख सहरहरुमा पनि छिटै सेवा विस्तार गर्ने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया