नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पाँच अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले वार्षिक सात प्रतिशत ब्याज कायम रहने गरी सातवर्षे अवधिको एक हजार रुपैयाँ अंकित मूल्य कायम रहेको पाँच अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । कम्पनीका अनुसार ऋणपत्रको नाम ‘निफ्रा ऊर्जा ऋणपत्र ७ प्रतिशत –२०८५/८६’ रहेको छ ।
बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्केटमार्फत यही मंसिर मंसिर २९ गतेबाट खुला हुने ऋणपत्रको बिक्री अवधि छिटोमा यही पुस चार गते र ढिलोमा यही पुस १४ गते बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम २५ देखि अधिकतम एक लाख कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया