जनमत पार्टीका कार्यकर्ताद्वारा निजी जग्गा कब्जा
काठमाडौं,जिल्लाको हरिपुर नगरपालिका–१ मा रहेको १० कठ्ठा निजी जग्गा जनमत पार्टी नेपालका कार्यकर्ताले कालो झण्डा गाडेर कब्जा गरेका छन् । बिहीबार दिउँसो जनमत पार्टीका जिल्ला नेता त्रिभुवन सिंहको नेतृत्वमा आएका कार्यकर्ताले बरहथवा नगरपालिका –९, घर भएकी निर्मला मैनाली पन्तको नाममा रहेको १० कठ्ठा जग्गा कब्जा गरेको हो ।
मैनालीले स्थानीय उमादेवी महतोलाई झुक्याएर १० कठ्ठा जग्गा आफ्नो नाममा नामसारी पास गरेकाले जग्गा कब्जा गरेको सिंहले दाबी गरे ।महतोको नाममा रहेको १० कठ्ठा जग्गा चलनचल्तीको मूल्यमा २०७८ सालमा खरिद गरेको मैनालीको भनाइ छ ।
जनमत पार्टीले विना जानकारी आफ्नो नाममा रहेको १० कठ्ठा जग्गामा कब्जा गरेर आफूमाथि अन्याय गरेको मैनालीले बताइन् ।मैनालीले २०७८ साल देखि नै भोगचलन गर्दै आएको स्थानीयले बताएका छन् । प्रहरीलाई कुनै दल वा समूहले जग्गा कब्जा गरेकोबारे जानकारी नआएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया