Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसोलुका १७ सय बढी विद्यार्थीको आँखाजाँच

सोलुका १७ सय बढी विद्यार्थीको आँखाजाँच


 सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले १७ सय बढी विद्यार्थीको आँखा जाँच गरेको छ । केन्द्रले ‘विद्यालय आँखाजाँच कार्यक्रम’मार्फत सोलुदुधकुण्ड नगरपालिकाको नौवटा विद्यालयमा सञ्चालन गरेको शिविरमार्फत १७ सय १४ जना विद्यार्थीको आँखा जाँच गरिएको हो । उक्त कार्यक्रममार्फत आठ सय ६७ छात्रा र आठ सय ४७ जना छात्र लाभान्वित भएको आँखा केन्द्रका प्रमुख विधान ताम्राकारले जानकारी दिए ।

उनका अनुसार पिके मावि लोदिङका एक सय चार, जुनबेशी मावि जुनबेशीका एक सय दुई, बालेश्वर मावि केरुङका एक सय ३५, सेर्कासिङ आवि नाजिङका ५९ र फाप्लु सामुदायिक आवि फाप्लुका एक सय ८१ जनाले सेवा लिएका छन् ।

यस्तै जनप्रिय मावि टाप्टिङका दुई सय ४५, फाप्लु सामुदायिक मावि फाप्लुका एक सय १५, जनजागृति आवि सल्लेरीका एक सय ६९ र ह्वाइहिल्स मावि सल्लेरीका छ सय चार जना विद्यार्थीको आँखा जाँच गरिएकोे केन्द्रको तथ्यांक छ । गत मंसिर २५ देखि पुस ७ गतेसम्म विद्यालयमा पुगेर सञ्चालन गरिएकोे शिविरमार्फत एक सय ५५ जनालाई चस्मा लगाउन सुझाव दिइएको आँखा कार्यकर्ता दिनेश राईले बताए ।

उक्त शिविर तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, हिमालयन क्याट-याक प्रोजेक्ट र सोलुदुधकुण्ड नगरपालिका शिक्षा शाखाको समन्वयमा सञ्चालन गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया