बिजबजारको ‘२० मा बिज’ योजनामा ७४ प्रतिशतसम्मको छुट
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले ७४ प्रतिशतसम्मको छुटसहित पुस महिनाको ‘२० मा बिज’ योजना ल्याएको छ । कम्पनीले हरेक महिना रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ महिनाको २० गते ‘२० मा बिज’ नामक योजना सञ्चालन गर्दै आएको छ ।
कम्पनीका अनुसार ‘२० मा बीज’ नामक योजना महिनाको २० गते मात्रै सञ्चालन हुन्छ भने केही योजनाहरू भने २२ गतेसम्म उपलब्ध गराइने गरिएको छ । सोहीअनुसार यही पुस २० गते अर्थात् बुधबार बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ, जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन् ।
सो योजनाअन्तर्गत सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा न्यूनतम ४० देखि अधिकतम ७४ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । सयका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा शर्तहरू भने लागू हुने कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न कम्पनीले यो योजना सञ्चालनमा ल्याएको हो । सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै बिजबजार अनलाइन सपिङ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै कम्पनीको वेबसाइटमा गएर पनि यो सेवा लिन सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सन् २०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा
- सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
- महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी
- अड्डाहरूका कवाडी सामान र लिलाममा उदासीनता
- सफल साक्षरताका आधार र सात ‘स’
- प्रकोप नमानिएको ‘डढेलो प्रकोप’
- आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेमा केन्द्रित
- ‘स्वास्थ्य सेवा सुनिश्चितताका लागि स्वास्थ्य बीमा अपरिहार्य’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया