कच्चा तेलले डुबायो अम्बानीलाई, ज्याक मा नै एसियाका धनी
नयाँ दिल्ली, फागुन २९
भारतीय अर्बपति मुकेश अम्बानी एसियाको धनीमा दोस्रो नम्बरमा परेका छन् । उनलाई उछिन्दै अलिबाबाका संस्थापक तथा प्रमुख धनाढ्य ज्याक माले पछि पारेका हुन् । सोमबार कच्चा तेलको मूल्य उच्च दरमा विश्व बजारमा सस्तिएपछि मालाई फाइदा भएको हो । सोमबार कोरोनाको त्राससँगसँगै रुस र ओपेक सदस्य राष्ट्रहरुबीच तेल उत्पादन कटौतीमा सहमति नजुटेपछि साउदी अरेबियाले रुसलाई टक्कर दिन उत्पादन बढाउने घोषणा गरेको थियो । त्यसपछि बजारमा तेलको मूल्य प्रतिब्यारेल एक तिहाइले घटेको थियो ।
तेलको मूल्य घटेपछि इन्धनको व्यापारी समेत रहेका अम्बानीले ५ अर्ब ८० करोड डलर सम्पत्ति गुमाएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।सम्पत्ति घटेसँगै ज्याक मा एसियाको धनी बनेको ब्लुमबर्गको अर्बपति इन्डेक्सले देखाएको हो । पछिल्लोपटकको उतारचढावसँगै ज्याक माको सम्पत्ति अम्बानीको भन्दा २ अर्ब ६० करोड डलरले बढी पुगेको छ । मासँग कुल ४४ अर्ब ५० करोड डलर सम्पत्ति छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया