विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलुखोला बगरमा परिणत
सोलुखुम्बु,हिमाली जिल्ला सोलुखुम्बुमा निर्माण गरिएको जलविद्युत् आयोजनाले न्यूनतम मापदण्डको ख्याल नगर्दा सोलुखोला बगरमा परिणत भएको छ । जिल्लामा निर्माणसम्पन्न भएर विद्युत् उत्पादन सुरु गरेको ९.५ मेगावाटको मध्य सोलुखोला जलविद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा अहिले सोलुखोला नै सुख्खा बगरमा परिणत भएको हो ।
सधैँ खोलामा बगिरहने पानी आयोजनाले सबै लगेपछि अहिले सोलुदूधकुण्ड नगरपालिका ३ र ४ क्षेत्रको खोला नै सुख्खा बनेको छ । विद्युत् विकास विभागको नियमअनुसार आयोजनाहरु निर्माण गर्दा कम्तीमा १० प्रतिशत पानी खोलामा छोड्नुपर्ने मापदण्ड भए पनि यहाँका आयोजना त्यसलाई पालना गर्नमा चुकेका छन् । यसका कारण सोलुखोलाको जलप्राणीहरुको अस्तित्व नै गम्भीर संकटमा परेको छ भने पर्यवरणमा समेत असर गरेको स्थानीय दावा तामाङको गुनासो छ ।
घरकै छेउबाट सधैँ छङछङ बगिरहने खोला अहिले बगरमा परिणत भएपछि उराठलाग्दा भएको सोलुदूधकुण्ड नगरपालिका ४ बोल्दोका स्थानीय बताउँछन् । दूधकुण्डबाट आउने पानी भएकाले सधैँ दूधजस्तै सेतो बगिरहाने सोलुखोला सुख्खा हुँदा बटुवाहरुले समेत सोध्ने गरेको अर्का स्थानीय दावा शेर्पाले बताए ।
हाल खोलाका माछा, पाहालगायतका जलप्राणीहरु सबै मरेको स्थानीय दावा तामाङ (ए)को भनाइ छ । खोलाकै नजिक बस्ती भएकाले विगतमा आफूहरुको दैनिकी माछा मार्नमा बित्ने गरे पनि अहिले त्यही खोला देखेर निकै विरक्त लाग्ने गरेको स्थानीय रमन तामाङको भनाइ छ । जिल्लामा तल्लो सोलुखोला, माथिल्लो सोलुखोला, बेनी, लिखुखोलालगायत आधा दर्जनभन्दा बढी विद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् । अधिकांश आयोजनाहरुले खोलामा मापदण्डअनुसारको पानी छोड्ने सवालमा आनाकानी गरिरहेको सर्वसाधारण बताउँछन् ।
ढुंगा उत्खननको थलो बन्दै
सोलुखोलाको पानी सुकाएर बगरमा परिणत भए पनि अहिले सोलुखोला नै क्रसरहरुको नदीजन्य पदार्थ उत्खनन गर्ने थलो बनेको छ । खोलामा पानी नभएपछि क्रसर उद्योगहरुले गाडी नै खोलामा लगेर ढुंगा तथा बालुवा उत्खनन गर्न थालेका छन् । अहिले सोलुखोलाको बीचबाट धमाधम ढुंगा निकालिरहेको छ भने ती ढुंगाहरु क्रसरमा ढुवानी हुने गरेको स्थानीय रमन तामाङले बताए ।
रोजगार दिने भन्दै क्रसर उद्योगीहरुले आफूहरुलाई खोलाभित्रको ढुंगा निकाल्न लगाएको तामाङ बताउँछन् । जसका कारण नजिकका बस्तीहरुमा समेत असर गर्नसक्ने स्थानीयको चिन्ता छ । विद्युत् आयोजनाले सामान्य मापदण्ड पालनामा ख्याल नगर्नु र खोलाको ढुंगा गिटीहरु समेत क्रसरले धमाधम उत्खनन गरिरहँदा समेत स्थानीय सरकारदेखि प्रशासन समेत मौन छ ।
जसका कारण वातावरणदेखि प्राणीजगतको जीवनचक्रमा समेत खलल पुग्नसक्ने वातावरण विज्ञ राजन थापाले चिन्ता व्यक्त गरे । जंगली जनावर तथा जल प्राणीहरुको अस्तित्व जोगाउन समेत खोलामा कम्तीमा १० प्रतिशत पानी छोड्नैपर्ने थापाको भनाइ छ ।सुबास दर्नाल
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया