युरोपमा रुसी पेट्रोलियम पदार्थको कर बढ्ने
ब्रसेल्स । युरोपेली संघ (ईयू) र विश्वका समृद्ध अर्थतन्त्रहरूको समूह (जी–७) ले समुद्रबाट हुने रूसी पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणका लागि सम्झौता गरेको युरोपेली आयोग (ईसी) ले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतामा डिजेल, मट्टितेल र पेट्रोलजस्ता ‘प्रिमियम–टु–क्रुड’ पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर तोकिएको छ भने ‘डिस्काउन्ट टु क्रुड’ जस्ता पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल ४५ अमेरिकी डलर तोकिएको इसीले जनाएको छ । मूल्य सीमा आइतबारदेखि लागू हुने र यसमा मूल्य सीमाभन्दा माथि खरिद गरिएको समुद्री रुसी पेट्रोलियम पदार्थका लागि ५५ दिनको ‘विन्ड–डाउन पिरियड’ समावेश गरिएको छ ।
यसैबीच, रुसी पेट्रोलियम पदार्थको आयातमा सन् २०२२ को जुनमा ईयूले लगाएको प्रतिबन्ध पनि आइतबारदेखि लागू हुनेछ । सन् २०२२ को डिसेम्बरमा इयूले रूसी समुद्री कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० अमेरिकी डलर तोकेको थियो । गत डिसेम्बरमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी तेल र पेट्रोलियम पदार्थको आपूर्तिमा प्रत्यक्ष वा परोक्ष रूपमा सम्झौता भएमा त्यसको आपूर्तिमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया