कांग्रेस सांसद भण्डारीलाई थप उपचारको लागि भारतको मुम्बई लगिँदै
काठमाडौं । ग्याँस सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारीलाई चिकित्सकहरुको सिफारिस अनुसार भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको उनको सचिवालयले जनाएको छ ।
भण्डारीकी आमाको कीर्तिपुरमै उपचार गरिनेछ । आमालाई आईसीयुबाट बाहिर निकाल्ने अवस्था नभएकाले उनलाई भारत लैजान नसकिने स्रोतले बताएको छ । बुधबार राती बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला जलेर घाइते भएका थिए। राती नै कीर्तिपुर अस्पतालमा लगिएका उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ।
सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको अस्पतालले जनाएको छ।अस्पतालका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ । आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जलेपनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेकोले भारत लगेर उपचार गर्न सिफारिस गरिएको चिकित्सकले बताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया