काठमाडौं, चैत ५
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन बजार परिसूचक ४४ दशमलव ३३ अंकले ओरालो लागेर १२ सय ७२ दशमलव छ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५३ अंकले ओरालो लागेर दुुई सय ७४ दशमलव ५९ अंकमा झरेको छ । यसदिन कुल एक सय ७५ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १८ हजार दुई सय ५७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ४६ करोड ५१ लाख ८४ हजार छ सय ५६ रूपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव शून्य चार अंकले बढेर नौ दशमलव ७१ अंकमा चढेका छन् भने बाँकी समूहको सूचक ओरालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ३३ दशमलव १६ अंकले ओरालो लागेर ११ सय २२ दशमलव ५५ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक ५२ दशमलव ६८ अंकले ओरालो लागेर १७ सय ३२ दशमलव ३६ अंकमा झरेको छ ।
यसैगरी जलविद्युत् समूहको सूचक पनि १२ दशमलव ८८ अंकले ओरालो लागेर नौ सय ३६ दशमलव २३ अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि ९३ दशमलव ६६ अंकले ओरालो लागेर दुई हजार ६५ दसमालव ८७ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि तीन सय ३८ दशमलव ३४ अंकले ओरालो लागेर पाँच हजार तीन सय पाँच दशमलव ९१ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि चार सय २६ दशमलव ४८ अंकले ओरालो लागेर छ हजार आठ सय ९७ दशमलव ७४ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादमूलक र अन्य समूहको सूचक पनि क्रमशः ४९ दशमलव ४८, ५३ दशमलव ६९, २१ दशमलव ९८, एक सय १५ दशमलव आठ र १४ दशमलव ७९ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानाम परेको जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सात रूपैयाँ ६९ पैसाले बढेर ५६ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको घलेम्दी हाइड्रो पावर कम्पनीको सेयर मूल्य तीन रूपैयाँ २८ पैसाले बढेर ६३ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक विशाल बजार कम्पनी, बोर्टलस नेपाल तराई लिमिटेड आदि परेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० रूपैयाँले घटेर चार सय ५९ रूपैयाँमा किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको नेपाल सेवा लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ९८ पैसाले घटेर छ सय चार रूपैयाँमा किनबेच भएको छ । यीबाहेक युनाइटेड इन्स्योरेन्स कम्पनी, आरएमडीसी लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन एनआईसी एसिया बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता पाँच सय आठ रूपैयाँ अन्तिम मूल्यमा १० करोड सात लाख एक हजार नौ सय ६२ रूपैयाँको सेयर किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता तीन सय ८८ रूपैयाँ अन्तिम मूल्यमा नौ करोड १६ लाख ६४ हजार तीन सय नौ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक लिमिटेड आदिको सेयर कारोबार रकम पनि बढेका छन् । नेप्सेका अनुसार यसदिन गणपती लघुवित्त वित्तीय संस्थाको ७२ हजार चार सय ५० कित्ता र आईसीएफसी फाइनान्सको चार लाख ४३ हजार दुुई सय ९६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया