कोरोनाविरुद्ध लड्न विश्व बैंकले बंगलादेशलाई १० करोड डलर दिने
ढाका, चैत ५
विश्व बैंकले बंगलादेशलाई विश्व महामारी कोरोना भाइरसविरुद्ध लड्न १० करोड अमेरिकी डलर दिने भएको छ । द डेली स्टारका अनुसार कोरोनाको संक्रमण रोक्न आवश्यक उपायका लागि उक्त रकम दिन लागिएको हो । यसका लागि बंगलादेशले आग्रह गरेपछि विश्व बैंकले सहयोग गर्नलागेको जनाइएको छ । इकोनोमिक रिलेसन्स डिभिजनले उक्त प्रस्ताव गरेको थियो । प्रस्तावका लागि बंगलादेशको स्वास्थ्य मन्त्रालयले आग्रह गरेको थियो ।
सोमबार प्रस्ताव आइपुगेपछि विश्व बैंकले सरकारलाई उक्त रकम दिने अनौपचारिक जानकारी गराएको बंगलादेशी मिडियाले जनाएका छन् । यही हप्ता कोषमार्फत उक्त रकम बंगलादेशले पाउनसक्नेछ । विश्व बैंकका देशीय निर्देशक मर्सी टेम्बनले प्रस्ताव आएको पुष्टि गरेका छन् । कोरोनाका कारण प्रभावित देशहरुलाई बैंकले १२ अर्ब डलरको प्रारम्भिक प्याकेज सार्वजनिक गरिसकेको छ । बंगलादेशमा बैंकको टोलीले अवलोकन गरेर परियोजनाको सम्भाव्यता अध्ययन गरेपछि कोषले स्वीकृति पाउनेछ र सोही कोषलाई उक्त रकम उपलब्ध हुने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया