महिला सशक्तिकरण जनयुद्ध र जनआन्दोलनको प्रतिफल : कर्णाली प्रदेश प्रमुख
कर्णाली । कर्णाली प्रदेशप्रमुख तिलक परियारले जनयुद्ध र जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरण भएको बताएका छन् ।
एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बुधबार एक सन्देश जारी गर्दै उनले देश–विदेशमा रहेका समग्र नेपाली दिदीबहिनीहरुमा शुभकामना दिनाका साथै आन्दोलनबाट प्राप्त उपलब्धिहरु विश्व महिला आन्दोलनका लागि उत्प्रेरक मानिएको राससलाई बताए । नेपालको संविधानको धारा, ३८ ले महिलामाथि हुने अत्याचार, शोषण, दमन र हिंसा जस्ता लैङ्गिक विभेद र अमानवीय व्यवहार अन्त्य गरी पुरुष र महिलाबीच समानताको प्रत्याभूति गरिएको उनले सन्देशमा उल्लेख गरेका छन् ।
सन्देशमा प्रदेशप्रमुख परियारले भनेका छन्, “कानुनले महिलालाई ३३ प्रतिशत अधिकार सुरक्षित गरेको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्म हासिल गर्न निर्धारण गरिएको दिगो विकास लक्ष्यहरुमा लैङ्गिक समानता कायम गर्ने, असमानता हटाउने, शान्ति कायम गर्ने तथा न्यायमा पहुँच पु¥याउने जस्ता विषयहरु महिला हितमा केन्द्रित गरेको छ । यसको प्रभावकारी कार्यान्वयनमा जोड पुगोस् ।”
नेपालको संविधानले गरेको व्यवस्था र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले व्यक्त गरेका प्रतिबद्धताहरु पूरा गर्ने, सबै खाले उत्पीडनको अन्त्य गरी समानता र न्याय सुनिश्चित गर्न क्रियाशील अधिकारकर्मी तथा अभियन्तालगायत सम्बद्ध सबैलाई उत्साहका साथ काम गर्ने प्रेरणा मिलोस् भन्ने कामना उनले गरेका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश, समाचार
ताजा अपडेट
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया