नागरिक लगानी कोषद्वारा सात लाख ५० हजार रुपैयाँ सहयोग
काठमाडौं । नागरिक लगानी कोषले ३३औँ वार्षिकोत्स्वको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत चारवटा संस्थालाई सात लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
ती संस्थाहरूलाई बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा कोषले सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ए डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुदलगायतका सामग्री खरिद गर्न एक लाख ५० हजार रुपैयाँको चेक प्रदान गरेको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ अशक्त, अपाङ्ग भएका मस्कुलर डिस्ट्रोफीका किरामीहरूको पुनस्र्थापनको लागि फिजियोथेरापी, एम्बुलेन्स र एकीकृत स्वस्थ्य शिविर सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउण्डेशन–नेपाल, शंखरापुर काठमाडौंलाई दुई लाख रुपैयाको चेक हस्तान्तरण गरिएको छ ।
त्यसैगरी कोषले उपत्यकाबाहिर फरक क्षमता भएका बालबालिकाहरूलाई खेलकुदको माध्यमबाट उत्साहित गर्न अपाङ्गता भएका व्यक्तिहरूको लागि काम गर्दै आएको राप्ती बहिरा संघ दाङलाई समावेशी खेलकुदसम्बन्धी कार्यको लागि दुई लाख रुपैयाँको चेक प्रदान गरेको छ । योभन्दा अघि कोषले कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराइरहेको पदमपुर आधारभूत विद्यालय ढेढौली, चितवनलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । चेक हस्तान्तरण कार्यक्रममा कोषका कार्यकारी निर्देशक नेपालले कोषले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्दै आइरहेको र आगमी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया