अमेरिका । फेसबुक, इन्स्टाग्राम र वाट्सएपको मातृकम्पनी मेटाले १० हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ । गत वर्ष नोभेम्बरमा उसले ११ हजार कर्मचारीलाई विदा गरेको थियो ।
अब दोस्रो चरणमा कर्मचारी कटौती गर्न लागेको हो । मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले यसलाई कठिन भनेका छन् । १० हजार कर्मचारी कटौती हुँदा पाँच हजार खुल्ला पदमा नियुक्ति नहुने बताइएको छ । जुकरबर्गले कर्मचारीलाई पठाएको सन्देशमा सन् २०२२ मा कम्पनीले जोखिम देखेको र राजस्व समेत सुस्त भएको बताएका थिए । उनले अमेरिकामा बढेको ब्याजदर, विश्व भूराजनीतिक अस्थिरता र बढ्दो नियामकीय नियन्त्रणले मेटालाई असर गरिरहेको उल्लेख गरेका छन् । ‘हामी भविष्यका लागि तयार हुनुपर्छ । नयाँ आर्थिक वास्तविकता धेरै वर्षसम्म रहनेछ’, उनले भनेका छन् ।
अहिले कम्पनीहरु लागत कम गर्न कर्मचारी कटौतीमा लागेका छन् । गुगल र अमेजनले पनि कर्मचारी कटौती गरेका छन् । यो वर्षको सुरुतिर अमेजनले १८ हजार रोजगारी कटौती गर्ने जनाएको थियो भने गुगलको मातृकम्पनी अल्फाबेटले १२ हजार रोजगारी कटाइसकेको छ । सन् २०२३ मा मात्रै प्रविधि क्षेत्रबाट एक लाख २८ हजार रोजगारी कटौती भएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सफल साक्षरताका आधार र सात ‘स’
- प्रकोप नमानिएको ‘डढेलो प्रकोप’
- आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेमा केन्द्रित
- ‘स्वास्थ्य सेवा सुनिश्चितताका लागि स्वास्थ्य बीमा अपरिहार्य’
- ‘सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु’
- मोरङ उद्योग व्यापार संघको निर्वाचन हुँदै
- समसामयिक राजनीतिक व्यङ्ग्य
- बैंकिङ प्रणालीमा २४ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया