छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सुरु
काठमाडौं । छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को काठमाडौंस्थित सिभिल मलबाट भव्य शुभारम्भ भएको छ । ‘विश्वभरका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ सुरु भएको ‘निफ’मा ३५ देशका ९५ चलचित्र प्रदर्शन हुनेछन् । ५० भन्दा बढी विदेशी फिल्मकर्मीले महोत्सवको उद्घाटन समारोहमा सहभागिता जनाएका थिए । महोत्सव ६ गतेसम्म चल्नेछ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपालका लागि चाइनाका राजदूत छन् सोङ, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, निफका संयोजक यादव भट्टराई, निफका अध्यक्ष केपी पाठकले मन्तव्य राखेका थिए । फेष्टिभल उद्घाटन समारोहमा भारत, ब्राजिल, युरोपियन युनियनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भनिए पनि अन्तिम समयमा उनी सहभागी भएनन् । चलचित्रको प्रदर्शन क्यूएफएक्स सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लबिम मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलबाट हुनेछन् ।
महोत्सवका प्रतियोगी चलचित्रमाथि उल्लिखित हलमा चलचित्र प्रदर्शन हुनेछन् भने सम्पूर्ण सेसनहरु भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सञ्चालित हुनेछन् । छैटौँ निफको ‘ओपनिङ फिल्म’को रुपमा केरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन भएको छ । त्यसैगरी माथि उल्लिखित सिनेमा हलहरुमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’मार्फत टिकट बुकिङ गर्न सकिनेछ ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #page 3
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया