Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचितवन २ को उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना उम्मेदवारको सिफारिस

चितवन २ को उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना उम्मेदवारको सिफारिस


चितवन । आगामी वैशाख १२ गते चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारमा ११ जनाको नाम सिफारिस गरिएको छ ।

कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठसहित जिल्ला पार्टी सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, देवेन्द्र गुरूङ, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको नाम सिफारिस गरिएको हो ।

गत निर्वाचनमा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले पराजय भोगिसकेका छन् । नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नं. २ चितवनको बैठकले उनीहरुको नाम सिफारिस गरेर केन्द्रमा पठाएको क्षेत्रीय सभापति भरत लामिछानेले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया