गण्डकी । पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरिएको छ ।
लेखा समितिका कामलाई प्रभावकारी बनाउन समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको संयोजक झपट रानाभाटले राससलाई जानकारी दिए । उनका अनुसार महानगरको बेरुजुको अभिलेख राख्ने र फर्छ्योटका लागि ताकेता गर्न पहल गर्ने एवं बेरुजु न्यूनीकरण गर्न लेखा समिति सदस्य बलराम पौडेलको संयोजकत्वमा विष्णुमणि बराल र रामजी पौडेल सदस्य रहेको समिति गठन गरिएको छ ।
लेखा अनुगमन, मितव्ययिता एवं पारर्दशिता वृद्धि गर्न आवश्यक पहल गर्न सदस्य बरालको संयोजकत्वमा पौडेल सदस्य रहनुभएको समिति बनाइएको छ । राजस्व, सुशासन वृद्धि एवं सम्पत्तिको संरक्षणमा आवश्यक सहजीकरण गर्न रामजी पौडेलको संयोजकत्वमा विष्णुमणि बराल सदस्य रहेको समिति बनाइएको छ भने शिक्षा, सामाजिक, स्वास्थ्य, कृषि, पशु आर्थिक विकासतर्फको बजेट व्यवस्थापन, खर्च एवं लेखाको अनुगमन र सहजीकरण गर्न दुर्गादेवी थापा केसीको संयोजकत्वमा बलराम पौडेल सदस्य रहेको समिति बनाइएको छ ।
भौतिक पूर्वाधार, घर नक्सा, एवं मापदण्ड, पर्यटन र वातावरणतर्फको आवश्यक अध्ययन गर्न बलराम पौडेलको संयोजकत्वमा दुर्गादेवी थापा केसी सदस्य रहेको समिति गठन गरिएको छ ।
क्याटेगोरी : पालिका समाचार, महानगर
ताजा अपडेट
- विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रमको जोड
- उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत
- लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशमा हुरीबतासको चेतावनी
- ‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’
- इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया