काठमाडौं । अनलाइनमार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले ‘सुनको हार’ उपहार योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८० सालमा घुम्न जाने व्यक्तिहरूलाई कम्पनीले चैत १५ देखि वैशाख ५ सम्मका लागि योजना ल्याएको हो ।
यसमा सहभागी हुन यात्रुहरूले अनलाइनमार्फत टिकट काट्नुपर्नेछ । आफू जाने दिनमा अनलाइन टिकट काट्ने यात्रुलाई अग्रिम टिकट काट्न पनि योजना सञ्चालन गरिएको कम्पनीको भनाइ छ । २० दिनमा अनलाइनमार्फत टिकट काट्ने यात्रुमध्ये एक जनाले गोलाप्रथामार्फत सुनको हार जित्न सक्नेछन् भने अर्का दुई विजेताले आकर्षक उपहार पाउनेछन् । बससेवाबाट नेपालका अधिकांश रूटमा टिकट काट्न सकिन्छ । यात्रुले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेसन तथा अन्य सेवाप्रदायकका मोबाइल एप्लिकेसनबाट टिकट काट्न सक्नेछन् ।
बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले विगतदेखि नै यात्रुको सहजताका लागि कम्पनीले अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउँदै आएको बताए । नयाँ वर्षमा यात्रुको मुभमेन्ट पनि बढ्ने भएकाले यो समयमा टिकट काट्न भञ्झट नहोस् भन्ने उद्देश्यले ओ अफर सार्वजनिक गरेको उनले जानकारी दिए । यस्तै उनले अग्रिम टिकट काट्दा जाने यात्रु, यातायात व्यवसायीलाई पनि सहज हुने हुँदा अग्रिम टिकट बुकिङ गर्न आग्रह गरे । अनलाइनबाट टिकट काट्न बससेवाको मोबाइल एप्लिकेसनबाट टिकट काट्न सकिनेछ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो । बससेवामा एक सय ८० बस कम्पनीका ३५ हजार सिट बुक गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
- आज इलाम र बझाङमा उपनिर्वाचन
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया