काठमाडौं । सेयर बजार परिसुचक दोहोरो अङ्कले घटेको छ । साताको पाचौँ कारोबार दिन आज विहीबार १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमवल ५५ अङ्कमा समेटिएको छ ।
सेन्सेटिभ इन्डेक्स एक दशमवल ६६ अङ्कले घटेर तीन सय ५९ दशमवल ४८ बिन्दुमा पुगेको छ । आज कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य घटेको छ भने दुई उपसमूहको शेयर मूल्य बढेको छ ।
बैंकिङ उपसमूह शून्य दशमलव ४२, विकास बैंक शून्य दशमलव ४४, वित्त शून्य दशमलव ९९, जलविद्युत् शून्य दशमलव ८०, लगानी शून्य दशमलव ५७, जीवन बीमा शून्य दशमलव ३६, उत्पादन शून्य दशमवल ७९, लघुवित्त शून्य दशमलव ९४, निर्जीवन बीमा शून्य दशमलव ०१, अन्य एक दशमलव ११ र व्यापार उपसमूह शून्य दशमवल २२ अङ्कले गिरावट आएको छ । होटल तथा पर्यटन शून्य दशमलव ५० र सामूहिक लागनी कोष शून्य दशमलव ४२ अङ्कले बढेको छ ।
आज विभिन्न कम्पनीका २७ लाख ५० हजार छ सय ५५ कित्ता शेयर रु ८९ करोड ९५ लाख ३२ हजार एक सय ३९ मा खरिदबिक्री भएका छन् । आज सुपरमाइ हाइड्रोपावरको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । यस्तै सिटिजन म्युचुअल फण्ड ६ दशमवल ८१, कालिञ्चोक दर्शन लिमिटेड ६ दशमलव ०८, आरएसडिसी लघुवित्त वित्तीय संस्था २ दशमलव ५७ र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य दुई दशमलव ४१ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य छ दशमलव ०७, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ८६, ग्लोबल आइएमई ब्यालेन्स फण्ड –१ तीन दशमलव ८२, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था तीन दशमलव ७१ र विशाल बजार कम्पनीको शेयर मूल्य तीन दशमलव ६४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको रु पाँच करोड ५८ हजार, हिमालयन डिष्टिलरीको रु तीन करोड १२ लाख ३६ हजार, जीवन विकास लघुवित्त वित्तीय संस्थाको रु. दुई करोड १४ लाख १२ हजार, एनआइसी एसिया बैंकको रु. दुई करोड १३ लाख ५७ हजार र नविल बैंकको रु दुई करोड चार लाख ५३ हजार बराबरको शेयर कारोबार भएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया